एभिन्यूज टेलिभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड

 बैशाख ३०, २०७६ सोमबार १४:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा साेमबार दिउँसो तोडफोड भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिनेक्रममा भएको चर्काचर्की र वादविवादकाे विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठले बताउनुभयो  ।

तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया