एक हजार र ५ सय दरका भारतीय नोटसहित ६ जना पक्राउ

 बैशाख ३०, २०७६ सोमबार १५:६:९ | उज्यालो सहकर्मी

काठमाण्डौ –  प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना नेपाली नागरिक पक्राउ परेका छन् । 

काठमाण्डौको ठमेलबाट प्रतिबन्धित भारतीय एक हजार र ५ सय दरका १६ लाख रुपैयाँ बराबरको नोटसहित धादिङका शम्भू परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, बाग्लुङका नवीन थापा, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेका प्रहरीले जनाएको छ । 

उनीहरुले ठग्ने मनसायले रकम ओसारपसार गरेको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाण्डौका डीएसपी होबिन्द्र बोगटीले बताउनुभयो । भारतमा प्रतिबन्ध लगाइएका नोटको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा रकमसहित उनीहरु पक्राउ परेका थिए ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको पनि उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया