काबेली ‘बी’ वान  आयोजनामा कार्यरत मेकानिकको करेन्ट लागेर मृत्यु

 बैशाख ३०, २०७६ सोमबार १९:३१:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल फाेटाे

पाँचथर – पाँचथर र ताप्लेजुङको सिमा भएर बग्ने काबेली खोलामा निर्माणधीन काबेली ‘बी’ वान जलविद्युत आयोजनामा कार्यरत एकजना मेकानिकको करेन्ट लागेर ज्यान गएको छ ।

पाल्पा घर भएका  मेकानिक सञ्जय श्रेष्ठको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । ११ हजार भोल्टेज करेन्ट प्रवाह भइरहेको तारमा हुक गर्ने क्रममा करेन्ट लागेर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 

श्रेष्ठको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया