जुडाे खेलाडी रमेश मगर र फुपुल्हामूलाई प्रतिबन्ध

 बैशाख ३०, २०७६ सोमबार २०:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाल जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग)का पदक विजेता  फुपुल्हामू खत्री र रमेश मगरलाई कारबाही गरेको छ ।

जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी फुपुले बीचैमा छाडेर आएकाले उनलाई कारबाही गरेको जानकारी दिए ।

खत्री समयावधिभन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्केको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिर्पोटको आधारमा उनलाई टोकियो ओलम्पिक २०२० सम्म कुनै पनि जुडोका कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तै अर्का खेलाडी तथा प्रशिक्षक रमेशले ११ हप्ते सैद्धान्तिक परीक्षा उत्तीर्ण भए पनि विदेशमा पलायन भइ नेपालको छविको आँच पुर्‍याउने काम गरेकाले उनलाई १० वर्षको प्रतिबन्ध लगाइएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया