बालिका बलात्कार गर्नेलाई १६ वर्षको कैद फैसला

 बैशाख ३१, २०७६ मंगलबार ९:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – जिल्ला अदालतले बलात्कार मुद्धामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ निवासी १८ वर्षीय मुकेश विकलाई १६ वर्षको कैद सजाय तोकेको छ । 

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्षीया बालिका बलात्कार कसुरमा दोषी ठहर गर्दै अदालतले १६ वर्ष कैद फैसला सुनाएको हो । फैसलामा पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलब्ध गराउने भनिएको छ ।

पीडितको आर्थिक अवस्था नाजुक भएकाले स्थानीय तहबाट क्षतिपूर्ती उपलब्ध गराउने भनि फैसला भएको हो । ५ वर्षीया ती बालिकालाई गएको माघमा विकले बलात्कार गरेको जाहेरी आफन्तले प्रहरीमा दिएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया