नयाँ खेलाडी अनुबन्धका लागि म्यानचेस्टर सिटीले २०० मिलियन पाउण्ड खर्च गर्ने

 बैशाख ३१, २०७६ मंगलबार ११:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि अरु २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।

प्रशिक्षक पेप ग्वार्डियोलाले चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएका छन् । जसमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।

सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।

यस्तै लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।

यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया