सालमुनि हाइड्रो पावरको विद्युत उत्पादन सुरु

 बैशाख ३१, २०७६ मंगलबार १७:४२:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नं. १ मा पर्ने कापडी गाडमा निर्मित सालमुनि हाइड्रो पावरले मंगलबारबाट विद्युत उत्पादनको काम सुरु गरेको छ । 

करिब एक अर्बको लगानीमा निर्माण गरिएको सालमुनि हाइड्रो पावरले पहिलो पटक आफनो पावर हाउसमा बत्ती बालेको हो । 

यस पावर हाउसको विद्युत उत्पादन क्षमता ३ दशमलव ३३ मेगावाट रहेको विद्युत पावर हाउसका टनेल इन्चार्ज मिन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युतको सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष लिएकै समयमा विद्युत उत्पादन गरेर देखायौँ ।’ 

सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनीको नामबाट खोलिएको यस हाइड्रो पावरलाई सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गरेको हो । यही वैशाख अन्तिम सम्म  निर्माण कार्य सक्ने लक्ष्यअनुसार यसको निर्माण कार्य अगाडि बढाइएको थियो ।

सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकार बीच सालमुनि हाइड्रो पावरबाट उत्पादन गरीएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा  जोडिने र पछि नेपाल सरकारले नै आवस्यक क्षेत्रहरुमा बिक्री वितरण गर्ने भन्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार ३० वर्षसम्म उक्त विद्युत बिक्रिबाट आएको रकम निर्माण कम्पनीले लिने छ ।  बीपीनगरमा विद्युत निर्माण भएर विद्युत उत्पादन भएपछि त्यहाँका स्थानीयबासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी एकदमै खुशी छौ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया