बिहेकाे भाेजमा कुटपिट हुँदा एक जनाको ज्यान गयाे

 बैशाख ३१, २०७६ मंगलबार १८:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – जिल्ला सदरमुकाम नजिकैकाे गाउँकाे  विवाह भोजमा युवाहरुबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा नारायण नगरपालिका–५ छातिकोटका ३१ वर्षीय प्रेमबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँकै ऐमान थापाको छोराको विवाह पार्टीमा गएकाे राति अत्याधिक मदिरा सेवन गरी एक आपसमा हानाहान हुँदा घटना स्थलमै प्रेमबहादुरको ज्यान गएको बताइएको छ ।

सुरुमा त अभिभावकहरुले सम्झाईबुझाई गरेका थिए । पछि फरि विवादले उग्र रुप लिएपछि कुटपिट हुँदा उनको ज्यान गएको स्थानीयले बताएका छन् ।

घटनापछि फरार भएका आरोपित नारायण नगरपालिका–५ छातिकोट गाउँकै २१ वर्षीय दानबहादुर थापा र १९ वर्षका पहलबहादुर थापालाई प्रहरीले जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

आरोपितहरु पक्राउ परिसकेकोले अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया