सात वर्षदेखि छाेरीलाई बलात्कार गर्दै आइरहेकाे आराेपमा एक जना पक्राउ

 बैशाख ३१, २०७६ मंगलबार १९:३६:४७ | उषा तामाङ
unn.prixa.net

दाेलखा - ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएकाे आराेपमा एक व्यक्तिलाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

वैशाख ५ गते बिहीबार सदरमुकाम चरिकोटबाटै पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि दोलखा कारागारमा पठाएको हो । मंगलबार जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले पीडकलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

अबको २० दिनभित्र पीडित छोरीलाई बकपत्रका लागि झिकाउन आदेश पनि दिइएको दोलखा जिल्ला अदालतका सूचना अधिकारी युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो । ७ वर्षदेखि आफ्नै बुबाले पटक पटक बलात्कार गरेको भन्दै १७ वर्षीया छोरीले जिल्ला प्रहरी कार्यालय दोलखामा वैशाख ४ गते किटानी जाहेरी दिएकी थिइन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया