पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

 बैशाख ३१, २०७६ मंगलबार २०:३६:१५ | रासस
unn.prixa.net

पपुवा न्यू गिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु पपुवा न्यू गिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ ।

मानवीय तथा भाैतिक क्षतिबारे पूर्ण जानकारी भने आइसकेकाे छैन । गएकाे वर्ष पपुवा न्यू गिनीमा ७.५ म्याग्निच्यूडकाे भूकम्प गएकाे थियाे । त्यसबेला १५०  जनाकाे ज्यान गएकाे थियाे  भने ३५ हजारभन्दा बढी मानिस बेघर भएका थिए । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया