दिल्लीमा एक नेपाली महिलाकाे सामूहिक बलात्कार

 जेठ १, २०७६ बुधबार १२:४१:३५ | एजेन्सी
unn.prixa.net

नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन् । काठमाण्डौबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् । दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । 

ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् ।

पीडित महिलाले आफू काठमाण्डौबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईकाे लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुट्यो । 

उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ । त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने । पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे ।’

बलात्कृत भैसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेकाे प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। 

घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए ।     

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया