कालो पट्टी बाँधेर पत्रकारहरु ‘मिडिया काउन्सिल विधेयक’ को विरोधमा

 जेठ १, २०७६ बुधबार १४:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर –  पत्रकारहरुले ‘मिडिया काउन्सिल विधेयक’को विरोध गर्दै बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत पत्रकारहरुले हातमा कालो पट्टी बाँधेका हुन् ।

पत्रकार महासंघ कम्यूनिकेशन कर्नर शाखाका पत्रकार तथा सञ्चारकर्मीले पनि हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको निर्णय अनुसार बुधबार कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा कार्यरत सबै पत्रकार तथा सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेको शाखाका सचिव अर्जुन पोख्रेलले बताउनुभयो  । 

प्रेस स्वतन्त्रतालाई नियन्त्रण र पत्रकारलाई त्रासमा राख्ने व्यवस्थासहित पेस भएको विधेयक तुरुन्तै फिर्ता लिन पनि कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले सरकारसँग माग गरेको छ । 

'मिडिया काउन्सिल विधेयक' राज्यले मार्फत प्रेस स्वतन्त्रामाथि अंकुश लगाउन खाेजेकाे भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दाेलनमा उत्रिएकाे छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया