स्मार्ट कार्डबाट ‘सेनेटरी प्याड’ !

 जेठ १, २०७६ बुधबार १९:१२:४७ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – डडेल्धुरामा पहिलो पटक स्मार्ट कार्डबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा आएको छ । 

डडेल्धुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

‘वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौं’, गाउँपालिकी अध्यक्ष कौशीला भट्टले भन्नुभयो, ‘छात्राहरुले चाहिएको बेला स्मार्ट कार्डको प्रयोग गरेर मेसिनबाट प्याड निकाल्न सक्नेछन् ।’ 

सेनेटरी प्याड मेसिन राखिएको स्थान पनि सुरक्षित भएको उहाँले बताउनुभयो । ‘किशोरीहरुलाई सुरक्षित महसुस हुने स्थानमा सेनेटरी प्याड मेसिन राखिएको छ’, उहाँले भन्नुभयो ।

महिनावारीका कारण छात्राहरु दुई-तीन दिनसम्म विद्यालय नजाने तथा गए पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अब अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताउनु भयो ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया