वर्षाले कच्ची घर भत्किँदा एक जनाको ज्यान गयाे

 असार १८, २०७५ सोमबार १८:२९:११ | उज्यालो सहकर्मी

कैलाली - अविरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार आइतबार राति १ बजे कच्ची घर भत्किँदा गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको हो । 

रानाको घरमै सुतिरहेको अवस्थामा घर भत्किएर च्पापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरले च्यापेर दुथाका श्रीमान् ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया