मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

 जेठ २, २०७६ बिहिबार ७:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति काठमाण्डौमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ । राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ । तर दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उहाँको अनुमान छ । शुक्रबारदेखि भने देशभरी कै मौसममा केही सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया