प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – बुटवलको व्यस्त बजार संगमपथमा आगालागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
प्रहरीका अनुसार व्यवसायीहरु राजु श्रेष्ठले सञ्चालन गरेको जुत्ता र चिन्कु गुप्ताले सञ्चालन गरेको झोला पसलमा आगो लाग्दा ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो ।
बुधबार राति बिजुली सर्ट भएर लागेको आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका २ वटा दमकलले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।