अदालतको आदेश अवज्ञा गर्दा मालपोत कार्यालयका प्रमुखलाई ५ हजार जरिवाना

 जेठ २, २०७६ बिहिबार ७:४८:१ | रासस
unn.prixa.net

काठमाण्डाै – उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले बुधबार अदालतको आदेशको पाँच पटकसम्म अवज्ञा गरेको हुँदा यो जरिवाना गरेको र जरिवाना अदालतमा आफैँ उपस्थित भएर सात दिनभित्र बझुाउन भनेको छ । 
    
मुद्दासम्बन्धी फाइल पटक/पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ । आदेशमा पाँच वटा फाइल पटक/पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो । 

अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिए पनि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया