मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आउने

 जेठ २, २०७६ बिहिबार ८:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आउने भएको छ । 

सडक खण्डको त्रिशूली खोलामा बुधबार ढलान गरिएकाले बिहीबार बेलुकीसम्म सडक बन्द गर्न लागिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । 

जिल्ला समन्वय समिति, स्थानीय तह, जनप्रतिनिधि र रसुवागढी जलविद्युत आयोजनाले ढलानको लागि सहयोग गरेका छन् ।

गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । 

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 
 

अन्तिम अपडेट: असार ३०, २०७६

तपाईको प्रतिक्रिया