एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने

 जेठ २, २०७६ बिहिबार ९:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

एनआईसी एशिया बैंक र अल्का अस्पताल, काठमाण्डाैबीच बैंकका ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया