भारतीय क्रिकेट टोलीमा को होला चाैथो नम्बर ब्याट्सम्यान ?

 जेठ २, २०७६ बिहिबार ९:३३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले दोस्रो पटक सन् २०११ मा दोस्रो पटक विश्वकपको उपाधि जित्दा विराट कोहली र युवराज सिंहले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । तर त्यसको आठ वर्षपछि विश्वकपमा भारतीय टिमको चौथो नम्बरको ब्याट्सम्यान को हो भनेर चर्चा चलेको छ । 

३० मे देखि इंग्ल्याण्डमा सुरु हुने विश्वकपका लागि उपाधिको दावेदार मानिएको भारतमा एक से एक ब्याट्सम्यानहरु छन् । तर उनीहरुको ब्याटिङ अर्डर भने अझै तय भइसकेको छैन । रोहित शर्मा र शिखर धवनले ओपनिङ गरे पनि कप्तान विराट कोहली तेस्रो नम्बरमा ब्याटिङमा उत्रने सम्भावना छ ।

तर चौथो नम्बरमो को त,  टिममा पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी पनि छन् । टिम छनोट समितिले चौथो नम्बरका लागि विजय शंकरलाई चयन गरेको थियो । उनी आईपीएलमा चल्न नसकेपछि फेरि चौथो नम्बरको ब्याट्सम्यानको खोजी भएको हो ।

केएल राहुलले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै दावेदारीता प्रस्तुत गरेका छन् । जबकी दिनेश कार्तिक र धोनीलाई चौथो स्थानमा पठाउन सकिन्छ । यसमा शंकर, राहुल र कार्तिकसँग विश्वकपको अनुभव छैन ।

धोनीले तीनवटा विश्वकप खेल्दा कार्तिकले २००७ को विश्वकपमा चौथो नम्बरमा ब्याटिङमा आउँदा जम्मा २९ रन बनाएका थिए । यस्तो कोहली एउटा चौथो नम्बरको दावेदार हुन सक्छन् । किनकी २०११ को विश्वकपमा उनले त्यसमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यतिबेला पाँच खेलमा उनले एक शतकसहित २०२ रन बनाएका थिए । यसैगरी युवराज सिंहले सोही नम्बरमा ब्याटिङ गर्दा एक शतकसहित १७१ रन बनाएका थिए ।

भारतले १९८३ मा पहिलो पटक विश्वकप जित्दा यशपाल शर्मा र सन्दीप पटेलले राम्रो प्रदर्शन गरेका थिए । 

दिलिप बेंगसरकरले १९८७ मा चौथो नम्बरमा ब्याटिङ गर्दा पाँच खेलमा १७१ रन बनाए । पहिलो र दोस्रो विश्वकपमा गुंडप्पा विश्वनाथले पनि चौथो नम्बरमा राम्रो खेलेका थिए । यसैगरी १९९२मा सचिन तेन्दुलकरले सात खेलमा २२९ रन बनाए । 

तेन्दुलरकरले विश्वकपमा भारतका लागि चौथो नम्बरमा सर्बाधिक १२ म्याच खेलेका छन् । जसमा उनले ४०० रन पनि बनाए । उनी पछि अर्का खेलाडी हुन मोहम्मद अजहरुद्दीन,  उनले २३८ रन बनाएका थिए । उनले १९९६ मा ६ खेलमा यो नम्बरमा ब्याटिङ गर्दा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । जम्मा ७२ रनको नट आउट पारि मात्रै सम्झन लायक रहे । १९९९ मा इंग्ल्याण्ड विश्वकपमा अजय जडेजाले तीन खेलबाट १८२ रन जोड्दा तेन्दुलकरले पनि तीन खेलबाट १६४ रनको योगदान गरे ।

अजहरले दुई खेलमा ३१ रन बनाए । दक्षिण अफ्रिकामा भएको विश्वकपमा मोहम्मद केफले ६ खेलमा चौथो नम्बरमा ब्याटिङ गरे । उनले १४२ रन बनाएका थिए । यो स्थानमा राहुल द्रविड, सौरभ गांगुली, युवराज सिंह र नयन मोंगिया पनि खेलेका थिए । कोहलीले विश्वकप २०११ मा उत्कृष्ट  भूमिका निभाए भने २०१५ मा अजिक्या रहाणेले सात खेलमा २०८ रन बनाएका थिए । एक खेलमा सुरेश रैनाले यो जिम्मेवारी लिँदा ७४ रनको इनिङ खेलेका थिए । तर अहिले रैना पनि विश्वकपमा छैनन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया