जलविद्युत कम्पनीको वित्तीय विवरण : सबैभन्दा बढी चुक्ता पुँजी बुटवल पावरको

 जेठ २, २०७६ बिहिबार १०:३५:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – विभिन्न १० जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी बुटवल पावर कम्पनीको रहेको छ । यो कम्पनीको चुक्ता पुँजी गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा ३४ दशमलव ७९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

अरु कम्पनीमा चिलिमे हाइड्रोपावरको १९ दशमलव ९९ बढेर ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार, नेसनल हाइड्रोपावर १ अर्ब ३८ करोड ५९ लाख ११ हजार र सानिमा माईको २ अर्ब ३२ करोड १० लाख पुगेको छ ।

यसैगरी वरुण हाइड्रोपावरले २५ करोड ५१ लाख ५० हजार, रिडी हाइड्रोपावरले ५३ करोड ११ लाख १८ हजार, छ्याङदी हाइड्रोपावरले २७ करोड, कालिका पावरले ६० करोड, सिनर्जी पावर कम्पनीले ७० करोड चुक्ता पुँजी पुर्‍याएका छन् ।

जगेडाकोषको आधारमा बरुण हाइड्रोपावरको ४२ दशमलव ४९ प्रतिशतले बढेर २ करोड ५३ लाख ७९ हजार र सानिमा माइको ४ दशमलव ८८ प्रतिशतले बढेर ४६ करोड ३५ लाख २० हजार पुगेको छ ।

चिलिमे हाइड्रोपावर ४ अर्ब ५१ करोड ६ लाख ९८ हजार, रिडी हाइड्रोपावर २ करोड ९६ लाख, छ्याङदी हाइड्रोपावर १ करोड ४१ लाख २७ हजार ७६१, बुटवल पावर कम्पनी ४ अर्ब ३६ करोड १६ लाख २८ हजार, कालीका पावर ४१ लाख ७० हजार ३३१ पुगेको छ । सिनर्जी पावर कम्पनी को१२ करोड २३ लाख ७९ हजार ३५१ र नेसनल हाइड्रोपावरको ४१ करोड ३० लाख ५ हजार रुपैयाँ पुगेको छ ।

 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया