टायर रिसोलिङ सेन्टरमा आगलागी, ७ करोड रुपैयाँ बराबरको क्षति

 जेठ २, २०७६ बिहिबार १०:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

शम्भु भनेर चिनिने टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको रिसोलिङ सेन्टरमा बिजुली सर्ट भइ गएराति साढे १ बजे आगलागी भएको थियो । रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । 

दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको थियो । 

अन्तिम अपडेट: जेठ ८, २०७६

तपाईको प्रतिक्रिया