राष्ट्रिय वाणिज्य बैंकको मुनाफा धेरै: कुन बैंकको अवस्था कस्तो ?

 जेठ २, २०७६ बिहिबार ११:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा सबैभन्दा धेरै छ भने सिभिल बैंकको सबैभन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी छ । नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, नेपाल बैंक, एभरेस्ट, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा २ अर्बभन्दा बढी छ।

बाँकी बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । तर सेन्चुरीको ६१ करोड र सिभिल बैंकको नाफा ४९ करोड रुपैयाँ मात्र छ। यस्तै अधिकांश वाणिज्य बैंकले आफ्नो प्रतिशेयर आन्दानीमा सामान्य सुधार गरेको देखिएको छ । बैंकको वित्तीय विवरणअनुसार स्टान्डर्ड चार्टर्डले अरू बैंकभन्दा बढी प्रतिशेयर आम्दानीमा सुधार गरेको छ ।

यस बैंकले गएको वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा ३ दशमलव ७५ प्रतिशतले प्रतिसेयर आम्दानी बढाएको छ । यस वर्षको प्रतिसेयर आम्दानी २८ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, सानिमा बैंकले पनि प्रतिसेयर आन्दानीमा सुधार गरेको छ । यस बैंकले यस वर्षको तेस्रो त्रैमासिकमा २६ दशमलव ५२ प्रतिशत प्रतिसेयर आम्दानी पुगेको छ ।

गएको वर्ष २० दशमलव २१ प्रतिशत थियो । त्यस्तै, माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २० दशमलव ४६ प्रतिशत पुगेको छ । गत वर्ष यस बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ३१ प्रतिशत थियो ।

यस्तै सिटिजन्स इन्टरनेसनल बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव शून्य ५ प्रतिशत रहेको छ । गत वर्ष यस बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव ७७ प्रतिशत थियो ।

सिटिजन्स बैंकले गएको वर्षको तुलनामा शून्य दशमलव २८ प्रतिशतले प्रतिशेयर आम्दानी बढाएको छ । त्यस्तै, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डौलगायतका विभिन्न बैंकले आफ्नो प्रतिशेयर आम्दानी बढाएका छन् । नबिल बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले पनि आफ्नो प्रतिशेयर आम्दानी घटाएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०७६

तपाईको प्रतिक्रिया