विप्लव नेतृत्वको नेकपाका रोल्पा इन्चार्जसहित तीन नेता पक्राउ

 जेठ २, २०७६ बिहिबार २०:१९:१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र त्यसै गाउँपालिकाका सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट बिहीबार पक्राउ गरेको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । पक्राउ परेका नेताहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया