महिला क्रिकेट : ४ रनमै अलआउट, इतिहासमै पहिलाे पटक सबै खेलाडी बाेल्ड !

 जेठ २, २०७६ बिहिबार २०:२५:१५ | एजेन्सी
unn.prixa.net

भारतको  यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अलआउट भएको छ ।

मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा बिहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल उट भयो । उसका कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् । सबै खेलाडी बोल्ड आउट भएका थिए । टिमले जोडेको ४ रन पनि अतिरिक्तबाट आएको हो ।  क्रिकेटको इतिहासमा सबै खेलाडी एकै किसिमले आउट भएको पहिलो पटक हो । वायनाडाले ५ रनको लक्ष्य पहिलो ओभरमै पूरा गर्दै १० विकेटको जित निकालेको थियो । 

कसारागोडले सुरुको २ ओभरसम्म कुनै पनि विकेट गुमाएको थिएन् ।  कप्तान एस अक्षताले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । टिमकी ओपनर विक्षिता र एस चित्राले २ ओभरसम्म ब्याटिङ गर्दा खाता नै खोल्न सकेनन् । वायनाडले लगातार विकेट लिएको थियो ।

२ वर्ष पहिले नागाल्याण्डको टिम २ रनमा अलआउट भएको थियो । २०१७ फेब्रुअरीमा केरलाविरुद्धको खेलमा नागाल्याण्डको महिला यू १९ टिम २ रनमा अल आउट हुँदा ओपनर मेनकाले एक रन बनाएकी थिइन् । त्यतिबेला एक रन वाइडका रुपमा आएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • Amrit

    May 18, 2019, 8:49 p.m.

    अचम्मको कुरा सुन्न पाइयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया