इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले विश्वकपका लागि नयाँ डिजाइनको स्कोरकार्ड ल्याउने

 जेठ ३, २०७६ शुक्रबार ६:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले विश्वकपका लागि नयाँ डिजाइनको स्कोरकार्ड ल्याउने भएको छ । यो स्कोरकार्ड दर्शकका लागि बनाइएको हो, जसमा दर्शकले ब्याट्सम्यानले बनाएको रन भर्न सक्नेछन् । 

नयाँ डिजाइनको स्कोरकार्डमा पाँच सय रन सम्म भर्न सकिनेछ । यसअघि यस्तो स्कोरकार्डमा ४०० रन मात्र भर्न सकिन्थ्यो । 

पाकिस्तान र इंग्ल्याण्डबीच जारी एक दिवशीय सिरिजमा बनेको भारी योगफलका कारण यो विश्वकपमा नयाँ डिजाइनको स्कोरकार्ड ल्याउन लागिएको हो । 

पछिल्लो समय एक दिवशीय खेलमा चार सय रन कट्नु नियमित जस्तै भइसकेको छ । अघिल्लो वर्षमात्र इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्ध ४८१ रन बनाएको थियो । यो सिरिज पनि उसले पाकिस्तानविरुद्ध ३७३ रन बनाएको थियो । पाकिस्तानले पनि ३६१ रन बनाएको थियो ।

यो विश्वकपमा पाँच सय रन बन्न सक्ने अनुमान गरिएको हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया