महोत्तरीमा सर्पले टोक्दा एकै रातमा चार जनाको ज्यान गयो

 असार १८, २०७५ सोमबार १९:५२:१५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशाला र बर्दिवासमा गरी सर्पदंशका कारण एकै रातमा चार जनाको ज्यान गएको छ । सर्पदंशका कारण गौशाला नगरपालिकामा २ जना र बर्दिवास नगरपालिकामा २ जना गरी ४ जनाको ज्यान गएको वर्दिवासस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका १२ का ३६ वर्षीय सुशीलकुमार सिंह र ११ वर्षीय मनिष राउत रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सुशील  आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोश भएको र उनलाई तत्कालै उपचारको लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उपचारको क्रममा सर्पले टोकेको पता लागेपछि थप उपचारको लागि बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको तर त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

त्यस्तै बर्दिवास नगरपालिका –५, का २७ वर्षीय बलबहादुर तमाङ, बर्दिवास नगरपालिका –६, का ७३ वर्षीया तिलकमाया राउतको मृत्यु भएको हो । तामाङको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

पछिल्लो समयमा आएर भारी मात्रामा वर्षा भएपछि महोत्तरीमा सर्पदंशको घटना बृद्धि भएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया