मदन आश्रित निधनको २६ वर्ष पूरा

 जेठ ३, २०७६ शुक्रबार ७:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष भएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

दुवै नेताको हत्या भएको २६ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ । 

भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो । तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । 

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया