क्रिस गेलको विश्वकप तयारी : जिम होइन योग

 जेठ ३, २०७६ शुक्रबार ८:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच पटक विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेका वेस्टइन्डिजका व्याट्सम्यान क्रिस गेलले तयारी सुरु गरेका छन् । आईपीएल खेलेर भर्खरै टिममा सहभागी भएका गेलले आफूलाई फर्ममा ल्याउनका लागि अरुले जिम गर्ने बेला उनी भने योग गरेर बसेका छन् । 

उनी २ महिनादेखि जिममा गएका छैनन् । भारतमा हुँदा पनि जिममा गएका थिएनन् ।  ३९ वर्षीय गेल आफूलाई फिट राख्न योगका साथै मसाज गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । गेलले भने थकान मेटाउँनका लागि यस्तो गरेको बताए । 

विश्वकप अघि आईपीएलमा सानदार प्रदर्शन गरेकाले ब्याटिङबाट खुशी भएको बताउँदै आउँदो प्रतियोगितामा पनि उत्कृष्ट लय समात्न सकिने विश्वास व्यक्त गरे । उनले विश्वकपका लागि आफूलाई शारिरीक भन्दा पनि मानसिक फिट राख्न लागि परेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया