ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने

 जेठ ३, २०७६ शुक्रबार १०:२२:१३ | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट बेलायत बाहिरिने प्रस्ताव अर्थात ब्रेक्जिटलाई संसद्ले फेरि अस्वीकृत गरे राजीनामा दिनुहुने भएको छ ।

यसअघि तीन पटक अस्वीकृत भएको ब्रेक्जिटसम्बन्धी प्रस्तावमा आउँदो जुन महिनाको पहिलो हप्ता हुने मतदानमा पनि अस्वीकृत भए प्रधानमन्त्री मे ले राजिनामा दिने बीबीसीले जनाएको छ ।

कन्जर्भेटिभ दलका वरिष्ठ नेताबीच भएको बैठकमा ब्रेक्जिट सम्बन्धी अर्को संसदीय मतदान लगत्तै मे को बहिर्गमनको तालिकामा छलफल गरिने भएको खबरमा उल्लेख छ । मे प्रधानमन्त्री पद त्यागे, नयाँ प्रधानमन्त्री बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकाङ्क्षी देखिएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया