नवजात शिशुको हत्या अभियोगमा आमा पक्राउ

 जेठ ३, २०७६ शुक्रबार १४:३:६ | जनार्दन घिमिरे

गुल्मी - आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

आमासँगै रहेकी गुल्मी दरबार गाउँपालिका-४ की दुई महिने शिशुु बिष्णु विक बिहीबार बेलुकी मृत फेला परेपछि प्रहरीले मृतककी आमा ३५ वर्षीय जुना विकलाई पक्राउ गरेको हो । 

आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आमाले हत्या गररेको हुनसक्ने शंका लागेपछि परिवारले प्रहरीलाई खबर गरेकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले शिशुकी आमालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताउनु भयो ।  

मृतक शिशुुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शवको पोष्टमार्टम र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने  प्रहरीले जनाएको छ । शिशुको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया