पाकिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर मोहम्मद आमिरलाई विश्वकपका लागि बोलायो

 जेठ ३, २०७६ शुक्रबार १६:६:३९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिर विश्वकपका लागि टिममा परेका छन् । इंग्ल्याण्डविरुद्धको सिरिजमा पाकिस्तानी बलरहरु चल्न नसकेपछि विकल्पको रुपमा आमिरलाई पछिल्लो समय टिममा बोलाइएको हो । 

एक टी–२० र दुई वटा एक दिवसीय क्रिकेटमा पाकिस्तानी बलरमाथि इंग्लिस ब्याट्सम्यानहरु हावी भएपछि विकल्पको रुपमा आमिरलाई बोलाउन पाकिस्तान क्रिकेट बोर्ड सहमत भएको हो ।

खराब फर्मका कारण यसअघि उनी पाकिस्तानी टिममा अटाएका थिएनन् । साथै उनी बिरामी भएकाले पनि त्यतिबेला छान्न नसकिएको पीसीबीले जनाएको थियो । अब उनी इंग्ल्याण्डमा उपचार गरेपछि टिमका लागि विश्वकप अघि उपलब्ध हुने जनाइएको छ । पाकिस्तानी कप्तान सर्फराज अहमद र मुख्य कोच मिकी आर्थरले पनि आमिर आउँदा बलिङ लाइन थप बलियो हुने बताएका छन् । 

पाकिस्तानी क्रिकेट टिमका मुख्य चयनकर्ता इन्जमाम उल हक आमिरलाई बोलाउन तयार भए पनि उनको स्वास्थ्य रिपोर्ट पछि मात्रै बोल्ने बताएका छन् । यसैगरी विश्वकपको टिममा आशिफ अलीलाई पनि बोलाउन जनाइएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया