गुणस्तरीय शिक्षामा जोड दिन शिक्षाविद्हरुले गराए सरकारको गम्भीर ध्यानाकर्षण

 जेठ ३, २०७६ शुक्रबार १८:४६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनुभएको हो । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकूलपति समेत रहनु भएका शर्माले शिक्षण संस्थाहरुले बेरोजगारहरुको उत्पादन गरिरहेकाले सरकारले त्यसलाई गुणस्तरीय बनाउन जोड दिनुपर्ने स्पष्ट पार्नु्भयो ।

उहाँले विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न नहुने पनि बताउनु भयो ।

शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले विश्वविद्यालय आफैँलाई अपनत्व अनुभव हुनेगरी आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विश्वविद्यालयको नियमनका लागि छुट्टै निकाय गठन गरे त्यो बढि प्रभावकारी हुने तर्क पनि गर्नुभयो । सरकारको नियन्त्रणमा रहेकै कारण नेपालका विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको शिक्षाविद् माथेमाको तर्क छ ।

शिक्षाविद्हरुले विश्वविद्यालयको शिक्षा खस्कनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको पनि औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति महेशकुमार शर्माले विगतमा राजनीतिक हस्तक्षेप भएकै कारण विश्वविद्यालय तहको शिक्षा उपलब्धिमूलक हुन नसकेको स्पष्ट पार्नुभयो ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया