गणतन्त्र उल्ट्याउन खोज्नेहरु नेकपाका प्रमुख शत्रु हुन्, त्यस्तासँग लडिन्छ: मन्त्री ज्ञवाली

 जेठ ३, २०७६ शुक्रबार २०:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेखिको अस्तव्यस्ततालाई मिलाउन, नयाँ संविधान कार्यान्वयन गराउन र तीन तहको सरकार सञ्चालनका लागि आधार तयार पार्दैमा सरकारका १५ महिना सकिएको बताउनुभएकाे छ । 

२६ औँ मदन-आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको एक वर्षको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा शुक्रबार सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

प्रतिपक्ष संसद भित्रमात्र भएकोले गरिबी, जातीय छुवाछूत र महिला हिंसा अन्त्य गर्ने कुरामा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

२००६ सालमा पार्टी स्थापना गर्दा नागरिक अधिकार कायम गर्न पहिलो पर्चा निकालेर सुरु भएको नेकपाको इतिहास अहिले अधिनायकवाद हुनै नसक्ने बताउँदै मन्त्री ज्ञवालीले गणतन्त्र उल्टाउन खोज्नेमात्र नेकपाको प्रमुख शत्रु भएकोले त्यस्तासँग लड्ने बताउनुभयो । 

मन्त्री ज्ञवालीले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले विश्व कम्युनिष्टलाई दिनुभएको मार्ग दर्शन पछ्याएर जनताको बहुदलीय जनवाद अन्तरगत मौलिक विशेषतासहितको समाजवाद तथा जनताको जनवादका लागि लागिरहन आग्रह गर्नुभयो । 

नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे, केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सभा सदस्य डा. राकुमार अधिकारी लगायतले पार्टी एकता प्रकृया सकिएको र केही काम मात्र बाँकी रहेको बताउँदै जनताको सेवामा लाग्न पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।  

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया