नियुक्ति निरन्तरताको माग गर्दै क्यान्सर अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित

 जेठ ३, २०७६ शुक्रबार २०:५२:५७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नियुक्ति निरन्तरताको माग गर्दै अस्पतालको दैनिक सेवा बन्द गर्ने चेतावनी दिएका छन् । 

अस्पतालमा हाल मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वराम पौडेल र लेखा अधिकृतबाहेक सबै चिकित्सक र कर्मचारी करारमा कार्यरत रहेका छन् । करारमा विशेषज्ञ चिकित्सक स्टाफ नर्स, ल्यावसहित २८ जना कार्यरत छन् । 

उनीहरुले चार महिनादेखि तलब सुविधा नपाएकाे बताइएकाे छ । उनीहरुलाई गत वर्ष लोक सेवा आयोगले परीक्षा लिई छनोट गरिएको हो ।

अस्पताल प्रमुख पौडेलका अनुसार, विशेषज्ञ चिकित्सकसहित झण्डै दुई सय जनाको दरबन्दीको माग गरिएको लामो समय बितिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया