शहीद भीमनारायण गोल्डकप: एपीएफले उचाल्याे उपाधि

 जेठ ३, २०७६ शुक्रबार २०:३५:८ | सन्ताेष रुचाल
unn.prixa.net

 

धनकुटा - धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणकाे उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले जितेको छ । 

शुक्रबार भएको फाइनलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४—२ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

खेलको ४४ औँ मिनेटमा क्यामरुनका यनिक ओवानाले गोल गर्दै  आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६० औ मिनेटमा क्यामरुनका ओको बोटाले एपिएफका खेलाडीलाई डि बक्समा फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई एपिएफका खेलाडी रबि थिङ्गले सदुपयोग गर्दै गोल गरे र आफनो टिमलाई १÷१ गोलको बराबरीमा पुर्‍याए । 

खेलमा आक्रमक रुपमा प्रस्तुत भएको क्यामरुनले डी बक्स नजिकै फ्रिकिकको मौका पायो ।  क्यामरुमका खेलाडीले पाएको मौका खेर जान दिएनन्  । जर्सी नं ८ का निहाले प्रहार गरेको फ्रिकिक पेटाङ्गगाले गोलमा परिणत गरे र आफ्नो टिमलाई २—१ गोलको अग्रता दिलाए । त्यस लगत्तै एपिएफका महेश लामाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए । निर्धारित समयमा खेल बराबरीमा रोकीएपछि  खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । 

पेनाल्टीमा दाउफिन्सका पेटाङ्ग प्रिसोले मात्र गोल गरे भने एपीएफका हरि खत्री, रबि थिङ, घनश्याम ठाकुरले गोल गरेका थिए ।

म्यान अफ द म्याच एपीएफका सुमित आले मगर घोषित भए । त्यस्तै प्रतियोगिताको बेस्ट गोलरक्षक एपिएफका अमृत चौधरी, उत्कृष्ट खेलाडी एपिएफकै रबि थिङ्ग घोषित भए । उपाधी उचालेसँगै एपीएफले नगद चार लाख, मेडल र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता क्यामरुनले नगद दुई लाख, मेडल र प्रमाण–पत्र प्राप्त गर्‍याे । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया