यस्ता छन् आईसीसी विश्वकप खेल्न लागेका ५ युवा खेलाडी

 जेठ ४, २०७६ शनिबार ९:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हरेक खेलाडीको इच्छा हुन्छकी खेल जीवनमा आफूले खेल्ने खेलको विश्वकप खेल्ने । यसमा कोही यस्ता भाग्यमानी खेलाडीहरु हुन्छन् जसले सानै उमेरमा पनि विश्वकप खेल्ने मौका पाउँछन् ।

३० मेबाट इंग्ल्याण्डमा सुरु हुन लागेको आईसीसी विश्वकप क्रिकेट खेल्ने पाँच युवा खेलाडीहरुको चर्चा गरौं ।

शदाब खान (पाकिस्तान) 

पाकिस्तानी टिममा अलराउण्डरका रुपमा शदाब खानले २०१७ मा डेब्यू गरेका थिए ।

त्यसयता उनले ३४ एकदिवसीय क्रिकेटमा २९४ रन बनाएका छन् । साथै उनले ४७ विकेट पनि हात पारिसकेका छन् ।

इकरम अली (अफगानिस्तान)

 अफगानिस्तानका युवा खेलाडी हुन् इकरम अली । यसै वर्षको मार्च २ मा एकदिवसीय क्रिकेटमा डेव्यु गरेका अली आईसीसी विश्वकप खेल्न पाउने भाग्यमानी युवा खेलाडी हुन् ।

अहिलेसम्म जम्मा २ एकदिवसीय खेलका अलिले ६ रन मात्रै बनाएका छन् । तर घरेलु लिगमा भने उनले ११ खेलमा ४७४ रन बनाएका छन् ।

शाहीन शाह अफ्रिदी (पाकिस्तान)

पाकिस्तानी टिमका तीव्र गतिका युवा खेलाडी हुन् शाहीन शाह अफ्रिदी । उनले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । अफ्रिदीले अहिलेसम्म १३ खेलमा २० विकेट लिएका छन् ।

मुजीब उर रहमान (अफगानिस्तान)

अफगानिस्तानका मिस्ट्री स्पिनरका नामले उनी परिचित छन् । सानै उमेरमा नै उनको बलिङले धेरैलाई हैरान पारि सकेकाे छ । २८ एकदिवसीय क्रिकेटमा उनले ३.७ को औसतले ५१ बिकेट लिइसकेका छन् ।

मोहम्मद हुसैन (पाकिस्तान)

मोहम्मद हुसैन पनि तीव्र गतिको बलरका रुपमा पाकिस्तानी टिममा रहेका छन् । उनले पनि यसै वर्षको मार्चमा डेव्यु गरेका थिए । उनले ३ खेलबाट २ विकेट लिएका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया