हेटौंडाको बसामाडीमा बस दुर्घटना: एक जनाको ज्यान गयाे, ३० जना घाइते

 जेठ ४, २०७६ शनिबार १३:४२:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडा उप महानगरपालिका-३, बसामाडी लेवटमा दुईवटा बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लेवटको कर चौकीनजिकै  दुईवटा बस एक आपसमा ठोकिएका हुन्थि ।

शनिबार बिहान ३ बजेको समयमा काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाण्डौ जाँदै गरेको  ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा १ जनाको ज्यान गएको र ३० जना घाइते भएको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

घाइतेहरुमध्ये तीन जनाको भरतपुर मेडिकल कलेज र अरुको हेटौंडाका अस्पतालहरुमा उपचार भइरहेको छ । दुघर्टना ज्यान गुमाउनेमा ना ७ ख २०५७ नम्बरको बस चालक रहेका छन् । ४० वर्षीय चालक मानबहादुर मगर साविकको उदयपुरको तत्कालीन वरही गाविस-६ का बासिन्दा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया