लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
सिन्धुली - सिन्धुलीको मरिण गाँउपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेको छ ।
स्थानीय विषय वस्तुलाई बुझाउने गरी पठ्यक्रम निर्माण गरेर चालु शैक्षिक सत्रबाट लागू गरिएको गाँउपालिकाले जनाएको छ । पाठ्यक्रममा स्थानीय चाडपर्व, भूगोल, वनस्पति, पर्यावरण भू–विज्ञान, व्यक्तित्व, धर्म, संस्कृति, मेला लगायतलाई समेटेर नौ वटा इकाईमा तयार गरिएको छ ।
गाँउपालिकाका शिक्षा प्रमुख नवराज बरालले गाँउपालिका अन्तर्गत रहेका ४८ वटा सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्म त्याे पाठ्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाठ्यक्रम तयार भएपछि शिक्षकलाई तालिम दिनुका साथै सबै विद्यालयमा पाठ्यपुस्तक र निर्देशिका पठाइसकिएको छ ।’
स्थानीय पाठ्यक्रम एक सय पूर्णाङकको रहेको र अतिरिक्त अङग्रेजी विषयको सट्टामा स्थानीय पायक्रमको पढाइ सुरु गरिएको उहाँले जानकारी दिनुभयो । देशमै पहिलो पटक मरिणा गाँउपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको उहाँको दावी छ ।
मरिण गाँउपालिकाको अघिल्लाे वर्ष असारमा सम्पन्न तेस्रो गाससभाले स्थानीय पाठ्यक्रम बनाई सामुदायिक विद्यालयमा लागू गर्ने निर्णय पास गरेको थियो ।