भारतीय अलराउण्डर केदार जाधव चाेटमुक्त, विश्वकप खेल्ने पक्का

 जेठ ४, २०७६ शनिबार १५:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका अलराउण्डर केदार जाधव फिटनेस पास भएका छन् ।

आईपीएलका क्रममा घाइते भएका जाधबको मेडिकल रिपोर्ट सकारात्मक आएसँगै उनी २२ मे मा भारतीय टिमसँगै विश्वकप खेल्न इंग्ल्याण्ड जाने भएका छन् । भारतीय टिमका फिजियो पेट्रिक फरहार्टले जाधवको मेडिकल रिपोर्ट बीसीसीआईलाई हस्तान्तरण गरेका हुन् ।

आईपीएलमा चेन्नई सुपरकिंग्सको अन्तिम खेलमा चौका बचाउन खोज्दा चोटग्रस्त भएका थिए । अलराउण्डर जाधवले ५९ एक दिवसीय क्रिकेटमा ११ सय ७४ रन बनाएकमा छन् । जसमा २ शतक र पाँच अर्धशतक सामेल छन् । अफ स्पिन बलरसमेत रहेका जाधवले २७ विकेट समेत लिइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया