मेराे पनि इन्दिरा गान्धीको जसरी नै हत्या गराइनेछ : दिल्लीका मुख्यमन्त्री केजरीवाल

हामीलाई दिल्ली पुलिसमाथि विश्वास छैन : प्रवक्ता भारद्वाज

 जेठ ४, २०७६ शनिबार १९:४०:९ | एजेन्सी
unn.prixa.net

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो पनि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जसरी नै हत्या गरिदिने बताएका छन् । केजरीवालले आफ्नाे हत्याकाे दावी गर्दै भारतीय जनता पार्टीमाथि अन्य कैयौं आरोप पनि लगाएका छन् । 

‘भारतीय जनता पार्टी मेरो ज्यानको पछाडि लागिरहेको छ र एकदिन मेरो हत्या गरिदिनेछ । मेरो पनि हत्या निजी सुरक्षा अधिकारीद्वारा गराइनेछ । भाजपा मेरो पछि लागिरहेको छ, एकदिन मेरो हत्या गराइनेछ,’ केजरीवालले भने । 

आफ्नो निजी सुरक्षा अधिकारीले भाजपालाई रिपोर्ट गरिरहेको र उसको माध्यमबाट मेरो पनि इन्दिरा गान्धीको जसरी नै हत्या गराइने केजरीवालले दावी गरेका हुन् । 

यो महिनाको सुरुवातमा नै केजरीवाललाई चुनाव प्रचार प्रसारको क्रममा सडक यात्रा गरिरहँदा एक व्यक्तिले थप्पड प्रहार गरेका थिए ।  

हामीलाई दिल्ली पुलिसमाथि विश्वास छैन : प्रवक्ता भारद्वाज

केजरीवालको यो बयानलाई लिएर आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाज भन्छन्, ‘मुख्यमन्त्री बनेपछि केजरीवालमाथि छ पटक आक्रमण भैसकेको छ र यस्तो घटनामा पनि कुनै पहल गरिएको छैन । हामीलाई दिल्ली पुलिसमाथि विश्वास छैन ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया