आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
कपिलवस्तु - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउँदै, संसारभरका बौद्धमार्गीहरुबीच लुम्बिनीको महिमा बाँड्दै विश्व शान्ति शहरको रुपमा विकास गरिने बताउनु भयो ।
राष्ट्पति विद्यादेवी भण्डारीबाट शनिबार २५६३ औं बुद्ध जयन्तीको अवसर पारेर घोषणा गर्नुभएको लुम्बिनी भ्रमण वर्षको शुभारम्भ घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिको सन्देशलाई अँगाल्दै मुलुकका हरेक विषय र मुद्धाकाे शान्तिपूर्ण ढंगबाट समाधानको बाटो खोज्ने प्रण गर्नुभयो ।
शाक्यमुनी बुद्धले दिनुभएको सन्देश कुनै एक विशेष धर्म समुदायको लागि मात्र नभइ समग्र मानव कल्याणका लागि भएको हुँदा संसारभरका बौद्धमार्गीहरुका साथै शान्ति र अहिंसा चाहने अन्य सम्प्रदायका मानिसहरुका लागि पनि लुम्बिनी उपयुक्त गन्तव्य रहेको उहाँले बताउनु भयो ।
बुद्ध जन्मस्थल लुम्बिनी, २९ वर्ष बिताएको कपिलवस्तु, रामग्राम र देवदहको समग्र विकासका लागि सरकारको विशेष चासो रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो । संयुक्त राष्ट्रसंघले बुद्ध जयन्तीलाई वैशाख डेको रुपमा मनाउने गरेको स्मरण गर्दै यो दिनलाई संसारभरका शान्तिकामीहरुका लागि पवित्र दिनको रुपमा स्मरण गर्न सरकारले देश विदेशमा विशेष प्रचार प्रसार अभियानलाई अघि बढाउने बताउनु भयो ।
बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले बिहान लुम्बिनीमा भिक्षुहरुलाई चिवर दान र भोजन प्रदान गर्नुभएको थियो ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लुम्विनी भ्रमण वर्ष २०७६ सार्थक हुने र यसको प्रचार प्रसारमा विशेष जोड दिने बताउनु भयो । भ्रमण वर्षको अवसरमा २५ लाख पर्यटकहरुलाई लुम्बिनी भित्र्याउने लक्ष्य रहेको छ ।