त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनजनाकाे पहिचान खुल्यो (अपडेट)

 जेठ ५, २०७६ आइतबार ९:२:५७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये तीन जनाकाे पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन । 

प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

घाइतेहरुको उपचारका लागि काठमाण्डाैलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन । 

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभयाे । दुर्घटनाकाे कारण खुलेकाे छैन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया