जीप पल्टिँदा नौ जना घाइते, दुई जनाको अवस्था गम्भीर

 जेठ ५, २०७६ आइतबार १३:४४:१५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

सुनकोशी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको स १ ज १८१२ नम्बरको जीप आइतबार बिहान मानेभञ्ज्याङ्ग गाउँपालिका-५ को बालेथाममा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सुनकोसी गाउँपालिका-३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ्ग गाउँपालिका ६ का ४२ वर्षीय मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ र चन्द्रबहादुर आले मगर घाइते भएका छन् । 

त्यस्तै सुनकोसी गाउँपालिका ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङग गाउँपालिका ५ उदयपुरका कालीमाया राई रहेकी छिन् । प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार घाइते कालीमाया राई र हिरा थापाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनामा हिरा थापाको हात भाँचिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल सोब्रुमा उपचार भैरहेको छ । 
जीप अनियन्त्रित भएर दुर्घटना भएको निरीक्षक श्रेष्ठले बताउनुभयो ।

जीप चालक भूपाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया