अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
बैतडी - बैतडीको नानीगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ ।
आइतबार बिहान साढे ११ बजेतिर बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका-१०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, त्यसै ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेको प्रहरीले जनाएको छ ।
जीपमा देवताल मन्दिरको दर्शनका लागि ६ जना चढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो ।