लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
नयाँ दिल्ली - भारतमा आइतबार सम्पन्न सातौं चरणको लाेकसभा चुनावमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले गरेको छ ।
आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए । एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न चुनावमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए ।
चुनावका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।
यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाएन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।