कर्नाटकमा बीजेपीलाई झट्का : भोलि सदनमा बहुमत सिद्ध गर्न सर्वोच्चको आदेश

 जेठ ४, २०७५ शुक्रबार १५:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ४ – भारतको सर्वोच्च अदालतले शनिबार बेलुका ४ बजे कर्नाटकमा भारतीय जनता पार्टी(बीजेपी) सरकारलाई सदनमा बहुमत सावित गर्न आदेश दिएको छ ।

कर्नाटक विधानसभामा कसैले पनि बहुमत प्राप्त नगरेपछि राज्यपालले बीजेपीलाई सरकार बनाउन निम्तो दिएका थिए । १०४ सिटमा जित हात पारेको बीजेपीका तर्फबाट बीएस येदियुरप्पाले सपथ लिइसकेका छन् ।

कर्नाटकका २२४ सिटमध्ये २२२ सिटमा चुनाव भएको थियो ।

कांग्रेसले ७८ तथा जनता दल सेक्युलर(जेडीएस) ले ३७ सिटमा जित हात पारेको छ । ३७ सिटमा जित हात पारेको जेडीएसलाई कांग्रेसले सरकार बनाउन समर्थन गरेको छ । राज्यपालको निम्ताअनुसार बीजेपीले सरकार बनाएपछि कांग्रेस र जेडीएस अदालतको ढोका ढकढकाउन पुगेको थियो ।

सर्वोच्च अदालतले येदियुरप्पाको सपथमा रोक तथा लगाएन तर सुनुवाई जारी राख्ने फैसला गर्यो । 

शुक्रबार बेलुका फ्लोर क्रस भएन भने जेडीएसका नेता एचडी कुमारस्वामीले बहुमत सदस्यको समर्थन पाउने निश्चितजस्तै छ । त्यस्तोमा येदियुरप्पा मात्रै तीन दिनका लागि कर्नाटकको मुख्यमन्त्री हुनेछन् । साथै कांग्रेस र जेडीएसले बीजेपीले आफ्ना सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप पनि लगाउँदै आएका छन्  ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया