शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको हो ।
कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका थिए ।
स्थानीय सञ्चारमाध्यमले भने एक बन्दुकधारी पक्राउ परेको जनाएको छ। ती बन्दुकधारी घाइते अवस्थामा छन् । त्यसैगरी घटनामा अन्य केही मानिस घाइते भएका छन् ।
बन्दुकधारीहरु मोटरसाइकल र तीन वटा कारमा आएको बताइएको छ । आधिकारिक तथ्यांक अनुसार, बाज्रिलमा सन् २०१७ मा ६४ हजारको हत्या भएको थियो, जसमा ७० प्रतिशतको हत्या गोलीबारीकै कारण भएको थियो ।