मुख्यमन्त्रीद्वारा कपिलवस्तु संग्रहालयको अवलोकन

 जेठ ६, २०७६ सोमबार १२:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु संग्रहालयको अवलोकन गर्नुभएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा कपिलवस्तु भ्रमणमा रहनुभएका मुख्यमन्त्री पोखरेलले संग्रहालयमा राखिएका ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरुको अवलोकन गर्नुभएको हो ।

गौतम बुद्धको प्राचीन प्रशासनिक राजदरबार क्षेत्र तिलौराकोटको अवलोकन पछि मुख्यमन्त्री पोखरेलले तिलौराकोटसँगै रहेको कपिलवस्तु संग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।

संग्रहालयमा तिलौराकोट, गोटिहवा, कुदानलगायतका पुरातात्विक स्थलहरुको उत्खनन्पछि प्राप्त प्राचीन वस्तुहरु संग्रह गरी राखिएको छ । जिल्लाका पुरातात्विक स्थलहरु तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सोनवा गढ, सिसहनियालगायतका स्थलहरुको बारेमा संग्रहालयमा पुरातात्विक वस्तु, जानकारीमूलक फोटो तथा विवरणहरु पनि राखिएको छ । 

अवलोकनका क्रममा प्रदेश ५ को उत्कृष्ट गन्तव्यको रुपमा रहेको प्राचीन कपिलवस्तु क्षेत्रको विकासका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया