शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
रुपन्देही - रुपन्देहीमा रहेको एसियन फर्मास्यूटिकल औषधि उद्योगमा आगलागी भएको छ ।
ओमसतिया गाउँपालिका वडा नम्बर १ खुन्सामा रहेको औषधि उद्योगमा आगलागी भएको हो । कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालका अनुसार कम्पनीबाट उत्पादित झण्डै ३० करोडको औषधिमा क्षति पुगेको छ ।
२ वटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि कपिलवस्तु , भैरहवा र परासीबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।